नेशनल हाइड्रोपावरले पहिलो पटक घोषणा गर्‍यो लाभांश, ५०% हकप्रद पनि ल्याउने

काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ।

 

कम्पनीले गत वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद गरी कुल १९.५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले लाभांश घोषणा गरेको यो पहिलो पटक हो ।

 

उक्त लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते २५ औं वार्षिक साधरणसभा बोलाएको छ । सभा भर्चुअल माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

 

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

 

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीले मात्र लाभांश पाउने छन् ।

ग्रीन भेञ्चरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Previous

ग्रीन भेञ्चरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

ओरालो लाग्यो घरजग्गा कारोबार, माघमा यी ठाउँमा भए धेरै किनबेच Read Next

ओरालो लाग्यो घरजग्गा कारोबार, माघमा यी ठाउँमा भए धेरै किनबेच