आर्थिक राजधानी बन्ने बाटोमा चितवन, अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण अन्तिम चरणमा (फोटोफिचर)

चितवन । चितवनमा अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माणको अन्तिम चरणको पुगेको छ । चितवन उद्योग संघको अग्रसरतामा बनेको उक्त प्रदर्शनी केन्द्रले मुलुकको आर्थिक राजधानीको रुपमा रहेको काठमाडौंलाई चुनौती दिने देखिएको छ ।

उद्योग संघका अधिकारीहरुका अनुसार यो प्रदर्शनी केन्द्रले औद्योगिक उत्पादन तथा सेवामुलक क्षेत्रको बजार प्रवद्र्धनमा सहयोग पुर्याउनेछ ।

साथै, स्थानीय उत्पादनको प्याकेजिङ एवं ब्राण्डिङलाई प्रोत्साहन समेत गर्ने उनीहरुको दावी छ । चितवनको भरतपुरमा अवस्थित प्रदर्शनी केन्द्रमा बाह्रै महिना समष्टिगत एवं विशिष्टिकृत प्रदर्शनीहरु सञ्चालन गर्न मिल्ने सुविधा रहेको जनाइएको छ ।

प्रदर्शनी केन्द्र बनाउन केन्द्र सरकारले १५ करोड रुपैयाँ अनुदान दिएको थियो भने बाँकी रकम स्थानीय स्तरबाटै उठाइएको थियो । प्रर्दशनी केन्द्रको अनुमानित लागत ४७ करोड रुपैंयाँ रहेको छ ।

बजार घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट Read Previous

बजार घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

सरकारी जागिर छाडेर तरकारी खेतीमा, तरकारी बेचेरै करोडपति Read Next

सरकारी जागिर छाडेर तरकारी खेतीमा, तरकारी बेचेरै करोडपति