बजार घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारले घट्ने क्रम अझै जारी राखेको छ । दुई दिनमा करिब २१ अंकले घटेको बजारमा आज सामान्य गिरावट आएपनि कारोबार रकम भने ह्वात्तै घटेको छ । यसअघिका दिनमा ३० करोडको हाराहारीमा कारोबार हुँदै आएकोमा आज ७ करोडले घटेर २३ करोडमा सीमित भएको छ ।

 

बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषणा गरिरहेका भएपनि त्यसले लगानीकर्ताको ध्यान तान्न सकेको छैन् । दिनदिनै बजार घट्न थालेपछि लगानीकर्ता थप निराशावादी भएका छन् ।

 

सेयर बजार मापक सूचक नेप्से २.२४ अंकले घटेर ११६६.६७ अंकमा आइपुगेको छ । आज १७२ कम्पनीको २३ करोड ८९ लाख ५९ हजार ६५३ रुपैयाँको कारोबार भएको छ । ९ लाख ९२ हजार १२२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको सूचक उकालो लागेका छन् भने बाँकी ८ समूहको सूचक ओरालो लागेका छन् । होटल समूहको सूचक २८.८८अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २६.२१ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १.७५ अंकले झरेको छ ।

 

कारोबार रकमको आधारमा कुमारी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड २५ लाख ९९ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा एनआइसी एशिया बैंक र नेपाल लाइफ इन्सुरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । एनआइसीको १ करोड २३ लाख र नेपाल लाइफको १ करोड ८ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य करिब ६.७२ प्रतिशतलेले बढेको छ भने सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.४६ प्रतिशतले घटेको छ ।

नेपाल लाइफको 'ब्रान्च म्यानेजर्स कन्फरेन्स' सम्पन्न Read Previous

नेपाल लाइफको 'ब्रान्च म्यानेजर्स कन्फरेन्स' सम्पन्न

आर्थिक राजधानी बन्ने बाटोमा चितवन, अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण अन्तिम चरणमा (फोटोफिचर) Read Next

आर्थिक राजधानी बन्ने बाटोमा चितवन, अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण अन्तिम चरणमा (फोटोफिचर)