नेप्से १०० अंकले घट्दा पनि मूल्य बढ्ने यी हुन् ५ कम्पनी

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गतसाता ९० अंकले घटेको बजार आज एकैदिन १०० अंकले घटेको हो ।

 

सूचकमा उच्च गिरावट आए पनि करोबार रकम भने उत्साहजनक नै रहेको छ। आज झन्डै ६ अर्ब बराबरको सेयर खरिदविक्री भएको छ ।

 

आइतबार नेप्से १००.२४ अंकले घटेर २७००.३२ विन्दुमा आइपुगेको छ । आज २२७ कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४७ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक समूह पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबार भएका २२७ कम्पनीमध्ये जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

घट्दो बजारमा पनि मूल्य बढ्ने ५ वटै कम्पनीहरु सामूहिक लगानी कोष समूहका रहेका छन् । आज सबैभन्दा धेरै एनआइबीएल समृद्धि फण्ड २ को १.९४ प्रतिशतले बढेको छ ।

 

त्यसैगरी, सनराइज ब्लूचिप फण्ड १.१०, नबिल ब्यालेन्स फण्ड ०.७३, मेगा म्युचुअल फण्ड ०.५५ र लक्ष्मी उन्नति कोषको सेयर मूल्य ०.१९ प्रतिशतले बढेको छ ।

नेप्सेमा तेहेरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी Read Previous

नेप्सेमा तेहेरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

पुष्पलाल लोकमार्ग : १३ वर्षमा पनि सकिएन काम, अझै २ वर्ष थप्नुपर्ने, लागत तेब्बर पुग्ने Read Next

पुष्पलाल लोकमार्ग : १३ वर्षमा पनि सकिएन काम, अझै २ वर्ष थप्नुपर्ने, लागत तेब्बर पुग्ने