नेपाल लाइफ इन्स्योरेन्सको नाफामा भारी गिरावट, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.६३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।

 

समीक्षा अवधिमा इन्स्योरेन्सले सेयर लगानी नोक्सानी बापत १७ करोड ६६ लाख ६८ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफामा भारी गिरावट आएको हो ।

 

समीक्षा अवधिसम्म कम्पनीले जीवन बीमा धितो बापत २१ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ। पुस मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क ५.९८ प्रतिशत बढेर १८ अर्ब ११ करोड ३ लाख रुपैयाँ पुगेको छ।

 

सो अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार ७१४ दाबीबापत ६ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।हाल ७ अर्ब १९ करोड चुक्ता पूँजी रहेको कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ खर्ब  २४ अर्ब, महाविपत्ति कोषमा ७१ करोड ९७ लाख रुपैयाँ छ ।

 

नाफा घटेसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानीमा पनि ठूलो गिरावट आएको छ । गत वर्ष ११.९४ रुपैयाँ रहेको कम्प्नीको प्रतिसेयर आम्दानी ८.३१ रुपैयाँले घटेर ३.६३ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७३.६६ गुणा रहेको छ।

इमर्जिङ नेपालको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ? Read Previous

इमर्जिङ नेपालको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ?

अरुण नदीको बेलिब्रिज भाँचियो, ३ वटा ट्रक नदीमा खसे Read Next

अरुण नदीको बेलिब्रिज भाँचियो, ३ वटा ट्रक नदीमा खसे