इमर्जिङ नेपालको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ?

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक साधरण सयेर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले माघ २६ देखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर आवेदन दिने अन्तिम दिन हो।

 

निष्काशित कुल सेयरमध्ये ११ हजार ११२ कित्ता कम्पनीका कर्मचारी र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम रहेको जनाउँदछ ।

 

कम्पनीमा नेपाल सरकारसहित ठूला व्यापारिक घराना विशाल ग्रुप, चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा, पशुपति मरारका लगायत व्यवसायिको मुख्य लगानी रहेको छ ।

 

कम्पनीको राष्ट्रिय प्राथमिकताका क्षेत्रअन्तर्गतका पूर्वाधारको विकास, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, उद्योग, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिकरूपमा महत्व भएका योजनामा लगानी गर्ने उद्देश्य छ ।

 

हाल ५० करोड ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ विक्रीपछि ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।

 

कम्पनीको आइपीओमा मागभन्दा ४० गुणा बढी आवेदन परिसकेकाले १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १० कित्ताका लागि आवेदन उपयुक्त देखिने छ ।

बिजुली बेचेर पौने ४ अर्ब कमाए पनि माथिल्लो तामाकोशी किन गयो घाटामा ? Read Previous

बिजुली बेचेर पौने ४ अर्ब कमाए पनि माथिल्लो तामाकोशी किन गयो घाटामा ?

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा भारी गिरावट, यस्तो छ वित्तीय अवस्था Read Next

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा भारी गिरावट, यस्तो छ वित्तीय अवस्था