आयातमा राष्ट्र बैंकको थप कडाइ, यी ४३ वस्तु ल्याउँदा शतप्रतिशत मार्जिन राख्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी वस्तु आयातमा थप कडाइ गरेको छ। विदेशी मुद्राको संचिति घट्दै गएको र व्यापार घाटा उल्लेख्य रुपमा बढेपछि केन्द्र्रीय बैंक वस्तु आयातमा कडाइ गरेको हो ।

 

राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै ४३ समूहको विभिन्न वस्तुको आयातमा शतप्रतिशतमा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, टेक्सटाइल सम्बन्धित ४ वस्तु आयातमा पनि ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

 

यससँगै अब यी वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा व्यवसायी आफैंले नगद बुझाउनु पर्नेछ । बैंकबाट ऋण पाउने छैनन् । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ । यसअघि केन्द्रीय बैंकले २० वटा समूहको ३ सयभन्दा बढी समूहको वस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो।

 

राष्ट्र बैंकले ढुङ्गाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुद, परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्फु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदरसम्मको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

 

त्यसैगरी, माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्टिकल इक्वीपमेन्ट, कफी, चिया, गाईवस्तुको दाना, शरिरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विड, साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामाग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुङ्गा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसन र एन्टिक सामानमा पनि शतप्रतिशत मार्जिन राख्नुपर्छ ।

 

डिजाइन गाडी, मोपेड, साइकल र आश्यक पर्ने मोटर आयातमा भने ५० प्रतिशत मार्जिनको व्यवस्था गरिएको छ।

 

४३ करोड रोयल्टी नतिर्ने याक एण्ड यतिको इजाजत रद्द, बैंक खाता र सम्पत्ति रोक्का Read Previous

४३ करोड रोयल्टी नतिर्ने याक एण्ड यतिको इजाजत रद्द, बैंक खाता र सम्पत्ति रोक्का

लघुबीमा कम्पनीको लाइसेन्स दिने तयारी, ३ कम्पनीको आवेदन Read Next

लघुबीमा कम्पनीको लाइसेन्स दिने तयारी, ३ कम्पनीको आवेदन