स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा बैंक बीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।

 

सोमबार सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका हुन् ।

 

दुई संस्था बीचको सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

 

यस सम्झौता पश्चात स्मार्टच्वाइस र बैंक बीच SCT-UPT Debit Card, SMARTQR, SCT-nPay जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

जाल्पा लघुवित्तको आइपीओमा हालसम्म धेरै आवेदन, कतिले भरे ? Read Previous

जाल्पा लघुवित्तको आइपीओमा हालसम्म धेरै आवेदन, कतिले भरे ?

इमर्जिङ नेपालको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Next

इमर्जिङ नेपालको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?