जाल्पा लघुवित्तको आइपीओमा हालसम्म धेरै आवेदन, कतिले भरे ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सयेर (आइपीओ)मा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

 

सीडीएससीका अनुसार कम्पनीको आइपीओमा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक नआइसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएससीले जनाएको छ ।

 

जाल्पाको आइपीओमा परेको आवेदन हालसम्म खुलेका कुनै पनि कम्पनीको आइपीओमा परेको सबैभन्दा धेरै हो । यसअघि युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा २४ लाख बढीले आवेदन दिएका थिए ।

 

लघुवित्तले माघ २१ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो । निष्काशित कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोष र ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

हाल १० करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि १६ करोड पुग्नेछ।

२८ वर्षदेखि कर नतिर्नेबाट महानगरले असुल्यो ७ करोड वक्यौता Read Previous

२८ वर्षदेखि कर नतिर्नेबाट महानगरले असुल्यो ७ करोड वक्यौता

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा बैंक बीच सम्झौता Read Next

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा बैंक बीच सम्झौता