पोखरामा ५ वटा जहाज राखेर आन्तरिक र वाह्य उडान गर्ने बुद्ध एयरको घोषणा

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वटा जहाजले उडान गर्ने योजना बनाएको छ । हाल निर्माणधीन अवस्थामा रहेको उक्त विमानस्थल संचालनमा आएपछि पोखरामा ५ वटा जहाज राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको हो ।

 

बुद्धले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रविन्दु बनाएर आन्तरिक तथा बाह्य उडान गरिरहेको छ । योजना अनुसार पोखराबाट बुद्धले सरुआतमा भारतको नयाँदिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

 

त्यसैगरी, बुद्धले आन्तरिकतर्फ पोखराबाट धौलागिरिदेखि सगरमाथासम्म माउन्टेन फ्लाइट, काठमाडौं र अन्य सहरहरुसँग आवश्यकता अनुसार दैनिक सिधा उडान गर्ने समेत घोषणा गरेको छ ।

 

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ ।

 

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने भन्दै यसलाई सच्याउन समेत कम्पनीले माग गरेको छ ।

 

हाल निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वरपश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिममा ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ले जोडिएको छैन । यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडान हुने भन्दै सच्याउन समेत माग गरेको छ ।

 

बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न आग्रह गरेको हो ।

गैरजिम्मेवार व्यवसायी बन्दै बैंक संचालक : अन्धाधुन्ध कर्जा प्रवाह, समस्या आएपछि राष्ट्र बैंकलाई दोष Read Previous

गैरजिम्मेवार व्यवसायी बन्दै बैंक संचालक : अन्धाधुन्ध कर्जा प्रवाह, समस्या आएपछि राष्ट्र बैंकलाई दोष

२८ वर्षदेखि कर नतिर्नेबाट महानगरले असुल्यो ७ करोड वक्यौता Read Next

२८ वर्षदेखि कर नतिर्नेबाट महानगरले असुल्यो ७ करोड वक्यौता