काठमाडौंमा खुल्यो महिलालाई ‘टकिला र ककटेल’ सट फ्रिमा दिने रेष्टुरेन्ट

काठमाडौं । तीनकुने पुलबाट बागमती करिडोरको बाटो हिड्दै जाँदा विनायक उत्सव मार्गमा एउटा छुट्टै प्रकारको रेष्टुरेन्ट भेटियो । रेष्टुरेन्टको नाम थियो ‘श्रेय कोट्यार्ड’, झट्ट हेर्दा आकर्षक लाग्ने यो रेष्टुरेन्ट भित्र पस्दापनि फरकपन महशुस गर्न सकिन्थ्यो ।

 

काठको ठूलो ढोका विभिन्न ‘एन्टिक पिस’का ल्याम्प तथा दियोको प्रयोगले कुनै दरवार भित्र प्रवेश गर्न लागे जस्तै अनुभूति प्रदान गरेको थियो । म मनमनै टिकटक बनाउन पाए भन्ने सोची रहेको थिए । भित्र पस्दा मनै लोभिने वातावरण र सँगै गएको साथीको मुखबाट निस्केको वाउ भन्ने शब्दले यसको आकर्षणलाई झल्काएको थियो ।

 

दिउँसोको समयम भएकाले खाजा खाने मुड बनिसकेको थिएन । जाडो मौसम भएकोले हामीले बाहिर घाम आउने स्थानमा बस्ने निर्णय गर्यौ । काठका पुराना झ्याल र त्यसबाट नियाल्दै विभिन्न एन्टीक पीसमा आँखा डुलाउँदै लगेको मलाई साथीको कफि अर्डरले झल्यास बनायो । मैले हट लेमन अर्डर गरे ।

रेष्टुरेन्टमा आएर फोटो खिच्न व्यस्थ दुई युवतीले फोटो खिचेको देखेर मलाई रेष्टुरेन्टको थप स्थानहरु हेर्ने इच्छा जाग्यो । स्मोकिङ र नो स्मोकिङ जोन छुट्टाएर ग्राहकलाई राख्ने स्थान बनाएको रेष्टुरेन्टमा प्रयोग भएको विभिन्न आर्टले चित्त आकर्षक बनाएको थियो ।

 

पुरानो किसिमको निलो ढोकाले सम्पन्न नेवार समूदायको घरमा प्रवेश गरेको अनुभूति दिएको थियो । रेष्टुरेन्ट घुम्दै जाँदा अलि पर पुगेपछि भर्याङ चढेर माथिल्लो तल्लातर्फ लागे । काठका एन्टिक झ्याल, झ्यालमा मिलाएर सजाइएको गमला, ग्रुपै पाहुना बस्न मिल्ने काठका कुर्सिसँगै दिइएको सोफाले यसको इन्टेरियर निकै उत्कृष्ट बनाएको थियो ।

 

‘फोटो खिच्ने मन थियो, सेल्फी मात्र खिचे, पुरै दृष्यलाई क्यामेरामा आफुसँग कैद गर्न चाहान्थे तर, फोटो खिचिदिने साथी तलै भएकोले त्यो अवसर पाइन ।’ माथिबाट तल हेर्दा झनै राम्रो देखिदो रहेछ । मैले माथिबाट तलदेखिने केही दृष्य भने मोबाइलमा कैद गरे ।

अर्डर आइसकेछ । हटलेमन पिउँदै यस रेष्टुरेन्टको संचालकलाई भेट्ने इच्छा लाग्यो । पत्रकार परियो एउटा समाचारको लोभ पलायो । बिल तिर्न जाँदा रेष्टुरेन्ट संचालकको बारेमा सोध्न मन लाग्यो । सोधेँ, त्यहि रहेछन् भेट भयो ।

 

घाम ताप्दै रेष्टुरेन्ट संचालकसँग कुरा भयो । मैले कुरा गरेको संचालक किरण बस्नेत रहेछन् । ‘कन्सलटेन्सीमा काम गर्दै गरेका उनले ४ जना साथसँग मिलेर यो रेष्टुरेन्ट भर्खरै संचालनमा ल्याएका रहेछन् । बस्नेत सहित अहिले ५ जना संचालक रहेछन् । बिनोद लिम्बु, प्रभास राई, निरज श्रेष्ठ र सुसान नेपाल मिलेर यो रेष्टुरेन्ट बनाएका रहेछन् ।

 

कोभिड १९ को दोस्रो लहरमा बनाउन सुरु गरेको रेष्टुरेन्ट अहिले संचालनमा आएको बताउँदै बस्नेत भन्छन् ‘राम्रो खानाको खोजीमा हामी भौतारिन्थ्यौ, आफ्नो टेष्ट अनुसारको खाना जहाँ त्यहि नपाउँदा आफ्नै खोल्ने सोच आयो ।’

अहिले रेष्टुरेन्टमा हप्तामा तीन दिन विभिन्न चर्चित गायक/गायिका बोलाएर लाइभ म्यूजिक समेत हेर्ने र सुन्ने व्यवस्था गरिएको छ । विशेष गरी कन्टिनेन्टल, इटालियन र मेक्सीकन खानेकुरा राखिएको यस रेष्टुरेन्टमा बुधबार, शुक्रबार र शनिबार सांगितिक कार्यक्रम हुन्छ । अहिले भने कोभिड १९ को कारण लाइभ म्यूजिक भएको छैन ।

 

‘आजभोलि मान्छेहरु घरमा मात्र सधैँ खाना खान रुचाउँदैनन्, हप्तामा एक पटक भए पनि परिवारसँग बाहिर खाना खाने कल्चर विकास हुँदै गएको छ, यसरी बाहिर खानाको टेष्ट लिन चाहनेको लागि नै हामीले रेष्टुरेन्ट खोलेका हौँ,’ बस्नेतले भने ।

 

महिलालाई टकिला र ककटेल फ्रि सटको व्यवस्था

 

झण्डैँ १ करोड रुपैयाँ लगानीमा निर्माण भएको यो रेष्टुरेन्ट पारिवारिक जमघटका लागि निकै उत्कृष्ट रहेको छ । यहाँ विभिन्न कार्यक्रमको लागि अफर पनि दिने गरेको बिनोद लिम्बुले बताए । भेटघाट, बर्थडे, ब्राइड टुबी, मेहेन्दी लगायतका फङ्गसन यस रेष्टुरेन्टमा गर्न सकिन्छ ।

‘अरु ठाउँमा भन्दा फरक गर्ने हाम्रो लक्ष्य हो । परिवार साथीभाई जमघट गर्ने राम्रो ठाउँको रुपमा हामीले यसलाई बनाएका हौँ,’ लिम्बुले चाणक्य पोष्टसँग भने ।

 

इभेन्ट प्याकेजहरुमा बर्थडे मनाउने आउनेहरुलाई केक फ्रि, अलकोहलमा १० प्रतिशत र खानामा ५ प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए ।

 

यस्तै रेष्टुरेन्टले महिलाहरुका लागि स्पेसल अफर राखेको छ । महिलाहरुका लागि रेष्टुरेन्टमा प्रत्येक बुधबार टकिला सट र कक्टेल फ्रि व्यवस्था गरिएको छ । यी सबै एक सटसम्म मात्र निःशुल्क पिउन पाइने छ ।

 

८ महिनामा बनेको रेष्टुरेन्ट

 

२० आना जग्गामा फैलिएको यो रेष्टुरेन्ट ८ महिना लगाएर तयार गरिएको हो । रेष्टुरेन्टमा ३/४ वटा गाडी अट्ने पार्किङ र करिब ३० वटा मोटरसाइकल अट्ने पार्किङ रहेको छ । रेष्टुरेन्टको क्षमता भने १३० जना अट्ने रहेको छ ।

कोभिड १९ को ओमनिक्रोम संक्रमणपछि ग्राहकहरु घटेको बताउँदै प्रमोद राईले भने ‘अहिले जोर बिजोरले गर्दा पनि मान्छेको फ्लो कम छ, जाडो महिनाले गर्दा पनि होला आउटडोरका लागि भन्दा पनि इनडोरमा बढि मान्छे आउँछन् ।’

 

करिब १७ जनालाई रोजगारी दिइरहेको रेष्टुरेन्ट बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म खुल्ला रहने छ । रेष्टुरेन्टमा इन्डोर, आउट डोर, नो स्मोकिङ जोन र स्मोकिङ जोन छुट्टाइएको छ । जाडो महिनामा फायर उडको समेत व्यवस्था गरिएको छ ।

 

बस्नेतले रेष्टुरेन्ट सोचे जस्तै राम्रो हुँदै गए पोखरामा समेत ब्रान्च खोल्ने योजना बनाए ।

अध्ययन भन्छ : बैंकहरु प्रतिफल दिने दबाबमा पर्दा तरलता अभाव, नियामक पनि दोषी Read Previous

अध्ययन भन्छ : बैंकहरु प्रतिफल दिने दबाबमा पर्दा तरलता अभाव, नियामक पनि दोषी

नेपालमै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा Read Next

नेपालमै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा