फागुन २ देखि ग्रीन भेञ्चरले आइपीओ जारी गर्ने

काठमाडौं । ग्रीन भेञ्चर लिमिटेडले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

निष्काशन हुने सेयरमा आयोजना प्रभावित क्षेत्र ओखलढुंगा खिम्जिदेवा गाउँपालिका वडा नं. १, २ र ३ (साविक रगनी, खिजिचण्डेश्वरी गाविस), लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. १ र २ (साविक दुरागाउँ र सैपु गाविस) र उमाकुण्ड गाउँपालिका ७ (साविक भुजी गाविस)का बासिन्दाले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा चैत १ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिट क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ ।

 

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

संचालकको स्वार्थ नमिल्दा लगानीकर्ताको सवा खर्ब बन्धक, यी हुन् कारोबार रोक्का भएका कम्पनी Read Previous

संचालकको स्वार्थ नमिल्दा लगानीकर्ताको सवा खर्ब बन्धक, यी हुन् कारोबार रोक्का भएका कम्पनी

खस्कँदै नेपाली गलैँचा उद्योग, बजारका लागि विदेशकै भर Read Next

खस्कँदै नेपाली गलैँचा उद्योग, बजारका लागि विदेशकै भर