डिशहोम फाइबरनेटको सह-वितरण शोरुम जोरपाटीमा

काठमाडौं । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंको जोरपाटीमा पनि सह–वितरण शोरुम संचालनमा ल्याएको छ । कम्पनीले डिशहोम फाबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बुधबारदेखि उक्त शोरुम संचालनमा ल्याएको हो ।

 

सो शोरुमको संचालन दीपा इम्पेक्सले गर्नेछ । उक्त शोरुमको डिशहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाले संयुक्त रुपमा उद्घाटन गरे ।

 

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दीपा इम्पेक्सले अब डिशहोम फाइबरनेट विक्री र विक्री पछिको सेवा नयाँ शोरुम मार्फत दिनेछ।

 

१५ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दीपा इम्पेक्सले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्दत गर्नेसंचालक सुवास तिमिल्सीनाले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी Read Previous

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

नागढुंगा सुरुङमार्गको काम धमाधम हुँदै, सुरुङ खन्ने काम ४३ प्रतिशत पूरा Read Next

नागढुंगा सुरुङमार्गको काम धमाधम हुँदै, सुरुङ खन्ने काम ४३ प्रतिशत पूरा