हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति ?

काठमाडौं । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल सरचार्ज) वृद्धि गरेका हुन् ।फ्युल सरचार्ज बढेपछि हवाई भाडा पनि स्वतः बढ्ने भएको हो ।

 

निगमले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ प्रतिलिटर बढाएको थियो । हवाई सेवा प्रदायकहरुले पनि सोही आधारमा फ्युल सरचार्ज बढाएका हुन् ।

 

हवाई इन्धनको मूल्य प्रतिलिटर १०६ रुपैयाँबाट बढाएर ११६ रुपैयाँ पुर्याइएको छ । वायुसेवा संचालक संघले फ्युल सरचार्ज न्यूनतम १०५ रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्म वृद्धि गरेका छन् ।

 

धनगढीको सबैभन्दा धेरै ४४५ रुपैयाँले सरचार्ज बढेको छ। अब धनगढीको न्यूनतम भाडादर ५ हजार १२५ रुपैयाँ पुगेको छ । त्यसैगरी, काठमाडौं-विराटनगर २४० रुपैयाँ, काठमाडौं-भरतपुर १०५ रुपैयाँ, काठमाडौं-पोखरा १६० रुपैयाँ, काठमाडौं-नेपालगञ्ज ३२५ रुपैयाँ, काठमाडौं-भद्रपुर ३०० रुपैयाँ, माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँ फ्युल सरचार्ज बढाएका छन् ।

नेपालमा कतिले गर्छन् क्रिप्टोकरेन्सीको कारोबार ? यी हुन् धेरै कारोबारी भएका देशहरू Read Previous

नेपालमा कतिले गर्छन् क्रिप्टोकरेन्सीको कारोबार ? यी हुन् धेरै कारोबारी भएका देशहरू

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी Read Next

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी