काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ नं. प्रदेश धादिङ्ग धार्के गाउँपालिका, वडा नं. ५ मा सञ्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ ।
बैंकको तर्फबाट महाप्रबन्धक अपुर्वप्रसाद जोशीले फाउण्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
उक्त आर्थिक सहयोगले फाउण्डेशनद्घारा सञ्चालित जन भोजन क्रार्यक्रम अन्त्र्तगत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धागरी करिब ५ सय जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको छ । साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्याउँदै आईरहेको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंक लिएको छ ।
बैंकले देशभरका ८७ शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवाको साथै बेलाबेलामा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।