नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् घट्दो बजारमा धेरै मूल्य बढ्ने ९ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेर ३० अंकसम्म बढेको नेप्से अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो । समग्रमा यससाता नेप्से ९० अंकले बढेको छ ।

 

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने ठूलो बढोत्तरी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम २ अर्बले बढेर साढे ८ अर्ब नाघेको छ ।

 

बिहीबार नेप्से १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र निर्जीवन बीमा समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.१९ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा धेरै १.३१ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २२४ कम्पनीमध्ये ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको घटेको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको ८२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर ५२ करोड र शिखर इन्स्योरेन्स २६ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बुद्धभूकिका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, साहस ऊर्जा ६.०६, अरुण भ्याली ५.३३, मैलुङ खोला ४.२५, न्यादी हाइड्रोपावर ४.१३, तेह्रथुम पावर, सिनर्जी पावर र सामुदायिक लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरै बढेको छ ।

 

घट्दो बजार आज आरएमडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.४९ प्रतिशत गुमाएका छन् ।

क्राउड सोर्सिङबाट फिल्म बनाउँदै लक्ष्मी बैंक, विजेताले २० लाख पाउने Read Previous

क्राउड सोर्सिङबाट फिल्म बनाउँदै लक्ष्मी बैंक, विजेताले २० लाख पाउने

नेपालमा कतिले गर्छन् क्रिप्टोकरेन्सीको कारोबार ? यी हुन् धेरै कारोबारी भएका देशहरू Read Next

नेपालमा कतिले गर्छन् क्रिप्टोकरेन्सीको कारोबार ? यी हुन् धेरै कारोबारी भएका देशहरू