एचआइडीसीएलले ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामीमा ल्याउने

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले संस्थापक समूहको सेयर पुनः लिलामीमा ल्याउने भएको छ ।

 

बिहीबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूहको विक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर फेरि लिलामीमा ल्याउने निर्णय गरेको हो ।लिलाम बढाबढ प्रक्रिया सम्बन्धी सूचना भने पछि प्रकाशित गर्ने कम्पनीले जानकारी गराएको छ ।

 

एचआइडीसीएलले यसअघि गत असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

 

सो बेला सर्वसाधरणतर्फको सेयर विक्री भए पनि संस्थापक सेयर भने विक्री हुन सकेको थिएन । सोही सेयर अहिले फेरि लिलामी मार्फत विक्री गर्न लागेको हो ।

७ लाखभन्दा बढी कारोबार गर्ने राष्ट्र बैंकको निगरानीमा, नाम उपलब्ध गराउन निर्देशन Read Previous

७ लाखभन्दा बढी कारोबार गर्ने राष्ट्र बैंकको निगरानीमा, नाम उपलब्ध गराउन निर्देशन

मास्कमा खुद्रा व्यापारीको ब्रह्मलूट, तेब्बर मूल्यमा बेच्दै Read Next

मास्कमा खुद्रा व्यापारीको ब्रह्मलूट, तेब्बर मूल्यमा बेच्दै