नेरुडे लघुवित्तको खुद नाफामा छलाङ, प्रतिसेयर आम्दानी झन्डै ४ गुणाले बढ्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार १३ करोड १६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलानामा ७७.३२ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ७ करोड ४२ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी बढ्दा लघुवित्तको नाफामा बढोत्तरी आएको हो । खुद ब्याज आम्दानी ३५.७० प्रतिशतले बढेर ३३ करोड ६५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ९६ करोड निक्षेप संकलन र ४ अर्ब ९२ करोड सापटी लिइ कुल ९ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको छ । हाल ६० करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६३ करोड रुपैयाँ संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी झन्डै ४ गुणाले बढेको छ । गत वर्ष ११.४१ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी बढेर ४३.८७ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ४.२७ प्रतिशतबाट बढेर ४.६७ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २०५.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.०६ रुपैयाँ छ ।

माघ २७  देखि बलेफी हाइड्रोपावरले आइपीओ जारी गर्ने Read Previous

माघ २७ देखि बलेफी हाइड्रोपावरले आइपीओ जारी गर्ने

बैंक तथा वित्तीय संस्थालाई कुन क्षेत्रमा ऋण लगानी गर्दा धेरै जोखिम ? Read Next

बैंक तथा वित्तीय संस्थालाई कुन क्षेत्रमा ऋण लगानी गर्दा धेरै जोखिम ?