बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्यमा लगातार ११ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा लगातार ११ औं दिन पोजेटिभ सर्किट लागेको छ । माघ ४ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको त्यसयता सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।

 

२४६.७० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ११ कारोबार दिनमै झन्डै तीन गुणाले बढेर ६७८ रुपैयाँ पुगेको छ । ११ दिनमै बुद्धभूमिको सेयर भाउ प्रतिकित्ता ४३२ रुपैयाँ बढेको छ ।

 

कारोबारमा आएको दुई सातामा पनि कम्पनीको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । ११ कारोबार दिनमा कम्पनीको करिब ७० हजार कित्ता सेयर मात्र कारोबारमा आएको छ ।

 

नेप्सेमा कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत छ ।

वाग्मती प्रदेश सरकारले ३ वटा रासायनिक मल कारखाना खोल्ने Read Previous

वाग्मती प्रदेश सरकारले ३ वटा रासायनिक मल कारखाना खोल्ने

दूधको मूल्य पोकामा ५ रुपैयाँ बढ्ने, ओभर फ्लो हुने सिजनमै अभाव Read Next

दूधको मूल्य पोकामा ५ रुपैयाँ बढ्ने, ओभर फ्लो हुने सिजनमै अभाव