वाग्मती प्रदेश सरकारले ३ वटा रासायनिक मल कारखाना खोल्ने

सांकेतिक तस्वीर

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।

 

थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ ।

 

वाग्मती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि भइरहेको जानकारी दिँदै त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने बताए । धेरै खर्चभन्दा सानो खर्चमा हुने उद्योग खोल्ने उनले बताए ।

 

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको पनि मापदण्ड तय गर्ने र प्रदेश किताबखाना सञ्चालनमा ल्याउने निर्णयसमेत बैठकले गरेको छ ।

कवाडी बन्दै ५०० बढी मोटरसाइकल, वर्षौं बित्दा पनि हुन सकेन लिलामी Read Previous

कवाडी बन्दै ५०० बढी मोटरसाइकल, वर्षौं बित्दा पनि हुन सकेन लिलामी

बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्यमा लगातार ११ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ? Read Next

बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्यमा लगातार ११ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?