महिला लघुवित्तको नाफा झन्डै ३ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी १०० माथि

काठमाडौं । महिला लघुुवित्त वित्तीय संस्थाको खुद नाफा झन्डै तीन गुणाले वृद्धि भएको छ । लघुवित्तले आइबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलानामा १८५.३९ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेअ्य वृद्धि हुँदा खुद नाफामा पनि ठूलो बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब १२ करोड निक्षेप संकलन र २ अर्ब ४४ करोड सापटी लिइ कुल ३ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ । हाल १४ करोड ७५ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २३ करोड १७ लाख रुपैयाँ संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११०.९७ रुपैयाँ छ । लघुवित्तको खराब कर्जा ३.०५ प्रतिशतबाट घटेर २.८४ प्रतिशतमा झरेको छ ।

तथ्यहीन आरोप लगाएर उद्योगीलाई हतोत्साहित गर्न मुद्दा लगाइयो : सिमेन्ट उत्पादक संघ Read Previous

तथ्यहीन आरोप लगाएर उद्योगीलाई हतोत्साहित गर्न मुद्दा लगाइयो : सिमेन्ट उत्पादक संघ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ९ गते 'क्यालिब्रेशन फ्लाइट’, नियमित उडान कहिले ? Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ९ गते 'क्यालिब्रेशन फ्लाइट’, नियमित उडान कहिले ?