मोरङ व्यापार सङ्घको अध्यक्षमा रिजाल

काठमाडौं । मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

 

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य)मा अनिलकुमार साह, उपाध्यक्ष (उद्योग)मा विकासकुमार बेगवानी, महासचिवमा अनिल शारदा, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल र प्रवक्तामा विनित सिङ्घानियाँ निर्विरोध चयन भएका छन् ।

 

त्यस्तै कार्यसमिति सदस्यमा आशिष जाजु, दीपेश सुवेदी, अमित शारदा, पवन राठी, देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी र सुशील सुरानालाई चयन गरिएको छ ।

 

नवनियुक्त अध्यक्ष रिजालले पदभार ग्रहण गर्दै कार्यसमितिका भावी योजना प्रस्तुत गरे । उनले आफ्नो कार्यकालमा सरकारसमक्ष विकास निर्माणका कार्यलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तीव्र औद्योगिकीकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर ब्याजदर, चर्को विद्युत् महसुल, ढुवानी खर्च आदि न्यूनीकरण गर्न पहल गर्ने तथा अस्वाभाविक नीतिको निराकरणका लागि पहल/पैरवी गर्ने बताए ।

ऋणमा डुबेको भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा Read Previous

ऋणमा डुबेको भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा

बैंकको सबैभन्दा धेरै ऋण थोक तथा खुद्रा व्यवसायमा, घरजग्गा र गाडीमा झन्डै ७ खर्ब, कुन क्षेत्रमा कति ? Read Next

बैंकको सबैभन्दा धेरै ऋण थोक तथा खुद्रा व्यवसायमा, घरजग्गा र गाडीमा झन्डै ७ खर्ब, कुन क्षेत्रमा कति ?