काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना (साउन पुस)मा १५४ नयाँ उद्योग दर्ता भएका छन् । सो अवधिमा १ खर्ब ८६ अर्ब बढी लगानीका उद्योग दर्ता भएका हुन् ।
उद्योग विभागको तथ्यांक अनुसार दर्ता भएका १५४ उद्योगमध्ये ५४ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन्। ती उद्योगले १३ हजार ७४८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।
यसमध्ये १२९ वटा विदेशी लगानीले स्वीकृति पाएका छन् भने ३० अर्ब ५६ करोड रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।
विदेशी प्रस्तावित लगानी परियोजनामा ८ हजार ११६ जनाले रोजगारी पाउने छन्। तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा १३ वटा डिजाइन दर्ता र १६८० वटा टेड्रमार्क दर्ता भएका छन् । प्रारम्भिक वातावरणीय परीक्षण ३७ रहेको छ ।
