काठमाडौं । कालिञ्चोक केबलकार दर्शन प्रालिले १२ करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
दोलखाको कालिञ्चाकमा केबलकार संचालन गरिरहेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।
कम्पनीले आइपीओ निष्काशन पक्रिया अघि बढाएको छ । सोही क्रममा सेयर विक्री प्रबन्धक तथा निष्काशकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको छ ।
सम्झौतापत्रमा कालिञ्चोक केबलकार दर्शन प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
निष्काशन हुने कुल आइपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई १० प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँको जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले स्थानीयवासीलाई आयोजनाको स्वामित्व दिने लक्ष्यसहित आइपीओ विक्री गर्न लागेको हो ।