डिप्रोक्स लघुवित्तको नाफामा सामान्य सुधार, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ३३ करोड ४४ लाख ८१ हजार ११२ रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलानामा १ करोड ४ लाख रुपैयाँ बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ३२ करोड ४० लाख १ हजार ९३९ रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तले ७ अर्ब ३९ करोड निक्षेप संकलन र ७ अर्ब ५४ करोड सापटी लिइ कुल १७ अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ३८ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३६ करोड संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर ४८.२१ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने ०.६२ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९८.२० रुपैयाँ रहेको छ ।

खानी विभागका महानिर्देशकसहित ९ सिमेन्ट उद्योगका संचालक विरुद्ध भ्रष्टाचारको मुद्दा Read Previous

खानी विभागका महानिर्देशकसहित ९ सिमेन्ट उद्योगका संचालक विरुद्ध भ्रष्टाचारको मुद्दा

इलामको झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण उडान Read Next

इलामको झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण उडान