सांग्रिला डेभलपमेन्ट बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाले  धादिङ्ग, गल्छी –७ स्थित  बागेश्वरी माविको प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ ।

 

गत शुक्रबार आयोजित  कार्यक्रमको संचालन सांग्रिला बैंक गल्छीका शाखाका प्रमुख गौरव काफ्लेले गरेका थिए । हाजीरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरता को पनि वृद्धि हुने भएकोले बैंकद्वारा समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ताखालका कार्यक्रम संचालन गर्दै आएको छ । बैंकद्वारा प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको थियो ।

 

बैंकले आफ्ना ८७ ओटा शाखाबाट ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामूलक कार्यकम गर्दै आएको छ ।

सरकार, कर उठाउने हो भने कर छल्नेबाट उठाऊ Read Previous

सरकार, कर उठाउने हो भने कर छल्नेबाट उठाऊ

सरकार बदलिन्छ तर, विकास भएको अर्थतन्त्र रहिरहने छः अर्थमन्त्री डा. खतिवडाको विचार Read Next

सरकार बदलिन्छ तर, विकास भएको अर्थतन्त्र रहिरहने छः अर्थमन्त्री डा. खतिवडाको विचार