क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न बैंकर्स संघको चेतावनी

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले भर्चुअल मुद्रा तथा नेटवर्क मार्केटिङ कारोबार नगर्न आग्रह गरेको छ ।

 

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रिप्टो/भर्चुअल करेन्सी र नेटर्वक मार्केटिङ्ग अवैध भएकाले यस्तो कार्य नगर्न र गरेको पाइएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको हो ।

 

नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टोर भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भन्दै संघले सचेत गराएको हो ।

 

‘त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराउँदछौं,’ संघद्वारा जारी सूचनामा भनिएको छ ।

नारायणी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

नारायणी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

यी हुन् अचाक्ली मूल्य वृद्धिले निकै अफ्ठेरोमा परेका विश्वका ४ देश Read Next

यी हुन् अचाक्ली मूल्य वृद्धिले निकै अफ्ठेरोमा परेका विश्वका ४ देश