नारायणी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । नारायणी विकास बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस ७ गतेदेखि विक्रीमा ल्याएको १ः१ अनुपातमा हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो ।

 

बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद विक्रीमा ल्याएको छ ।

 

बैंकको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकको हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन पाइने छ । साथै, सी(आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सकिने छ ।

 

हकप्रद निष्काशनका लागि बैंकले मंसिर २४ गते बुकक्लोज गरेको थियो । त्यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनी मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

 

बैंकको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर सिंगल सी प्लस’ रेटिङ्ग दिएको छ । यसले बैंकको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

 

हाल १३ करोड १२ लाख ३४ हजार चुक्ता पूँजी रहेको बैैंकको १ः१ अनुपातमा हकप्रद जारी पछि चुक्ता पूँजी २६ करोड २४ लाख ६८ हजार पुग्नेछ ।

१० वर्षमा नेपालको जनसंख्या २७ लाख बढ्यो, २ करोड ९२ लाख पुग्यो Read Previous

१० वर्षमा नेपालको जनसंख्या २७ लाख बढ्यो, २ करोड ९२ लाख पुग्यो

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न बैंकर्स संघको चेतावनी Read Next

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न बैंकर्स संघको चेतावनी