महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई भेन्डिङ मेसिन प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान गरेको छ ।

 

बैंकको शंखमूल शाखाले काठमाडौंको बुद्धनगर वडा नं. १० स्थित बुद्धनगर आधारभूत विद्यालयलाई एक विशेष कार्यक्रमका बीच स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो ।

 

उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् भन्ने उद्देश्यले उक्त मेसिन प्रदान गरेको हो ।

 

छात्राहरुलाई विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शंखमूल शाखाका शाखा पबन्धक पूण्य श्रेष्ठले बताए ।

 

विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको बताउँदै बैकलाई धन्यवाद दिए ।

 

बैंकले हाल देशभरका १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अधिकांश बैंकको खराब कर्जा घट्यो, कुनको कति ? Read Previous

अधिकांश बैंकको खराब कर्जा घट्यो, कुनको कति ?

सिद्धबाबा सुरुङमार्ग निर्माण फागुनदेखि सुरु हुने Read Next

सिद्धबाबा सुरुङमार्ग निर्माण फागुनदेखि सुरु हुने