नेप्से १०० अंकले घट्दा पनि मूल्य बढ्ने यी हुन् ८ कम्पनी

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार १० अंकले घटेको नेप्सेमा आज एकैदिन  १०० अंकले घटेको हो ।

 

आज सूचकमा भारी गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर पौने ९ अर्ब पुगेको छ ।

 

सोमबार नेप्से ९९.८६ अंकले घटेर २८२०.६६ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

तेहेरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

त्यसैगरी, ज्योति लाइफ इन्स्योरेन्स १.८२ प्रतिशत, गोर्खा फाइनान्स १.५१, सानिमा लार्ज क्पाय फण्ड १.५०, जन उत्थान लघुवित्त ०.६०, सानिमा जनरल इन्स्योरेन्स ०.२४ र सिदार्थ बैंकको डिबेञ्चर ०.२० प्रतिशतले बढेको छ ।

सेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी Read Previous

सेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

अधिकांश बैंकको खराब कर्जा घट्यो, कुनको कति ? Read Next

अधिकांश बैंकको खराब कर्जा घट्यो, कुनको कति ?