सेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार १० अंकले घटेको नेप्सेमा आज एकैदिन  १०० अंकले घटेको हो ।

 

आज सूचकमा भारी गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर पौने ९ अर्ब पुगेको छ ।

 

सोमबार नेप्से ९९.८६ अंकले घटेर २८२०.६६ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक सबैभ्न्दा धेरै ४.५० प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स र हाइड्रोपावर समूह पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया ३६ करोड र अरुण भ्याली ३० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

 

तेहेरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज कर्णली डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ७.८२ प्रतिशत गुमाएका छन् । त्यस्तै, माउन्टेन हाइड्रो, आशा लघुवित्त र ओरेन्टल होटलको सेयर मूल्य ७ प्रतिशतले घटेको छ ।

 

त्यसैगरी, सामलिङ पावर, सिनर्जी पावर, गणपति लघुवित्त, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रो,ग्रीन लाइफ हाइड्रोपावर र राधी जलविद्युत्को सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । त्यस्तै, नेपाल हाइड्रो, वरुण हाइड्रोपावर, युनाइटेड मोदी, ङादी पावर लगायत २ दर्जन कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ ।

हिमालय बन्यो आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स Read Previous

हिमालय बन्यो आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स

नेप्से १०० अंकले घट्दा पनि मूल्य बढ्ने यी हुन् ८ कम्पनी Read Next

नेप्से १०० अंकले घट्दा पनि मूल्य बढ्ने यी हुन् ८ कम्पनी