अब इलाम जहाजमा जान पाइने, फागुन ८ देखि उडान हुने, भाडा कति ?

काठमाडौं । तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालि बीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा माघ ३ गते सम्झौता भएको थियो ।

 

सम्झौता अनुरुप आगामी फागुन ८ गतेदेखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।

 

इलाममा हवाई उडानको यो सम्झौताको लागि पहल गरेका पूर्वका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ ।

 

सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फी भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको समेत उनले जानकारी दिए ।

 

‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो । इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि–पर्यापर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ,’ शाहले भने ।

 

पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढी रहे पनि सडक यातायातबाट जादाँ बढी समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए । इलाममा सन्दकपुर, माइपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्र हुन ।

एनआइसी एशिया बैंकले घोषणा गरेको लाभांश नदिने, यस्तो छ कारण Read Previous

एनआइसी एशिया बैंकले घोषणा गरेको लाभांश नदिने, यस्तो छ कारण

आइपीओको बाढी आउँदै, एकैपटक ६ कम्पनीले पाए अनुमति, कुनको कति कित्ता ? Read Next

आइपीओको बाढी आउँदै, एकैपटक ६ कम्पनीले पाए अनुमति, कुनको कति कित्ता ?