एनआइसी एशिया बैंकले घोषणा गरेको लाभांश नदिने, यस्तो छ कारण

काठमाडौं । एनआइसी एशिया बैंकका सेयरधनीले गत वर्षको नाफाबाट घोषणा भएको १५.७८ प्रतिशत लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश रद्द गरेसँगै सेयरधनीले नपाउने भएका हुन् ।

 

एनआइसीको क्यापिटल कन्जरभेसन बफर पर्याप्त नदेखिएको भन्दै नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत नगरेपछि बैंकले लाभांश रद्द गरेको हो।

 

बैंकले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत गरी १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सिटामोलको मूल्य बढाउन 'बार्गेनिङ', ३ करोड चक्की उत्पादन हुने कच्चा पदार्थ स्टक, छैन आपूर्ति Read Previous

सिटामोलको मूल्य बढाउन 'बार्गेनिङ', ३ करोड चक्की उत्पादन हुने कच्चा पदार्थ स्टक, छैन आपूर्ति

अब इलाम जहाजमा जान पाइने, फागुन ८ देखि उडान हुने, भाडा कति ? Read Next

अब इलाम जहाजमा जान पाइने, फागुन ८ देखि उडान हुने, भाडा कति ?