नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको नेप्से दोहोरो अंकले घटेर बन्द भएको हो ।

 

आज सूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । आज ७ अर्ब रुपैयाँ बढीको बराबरको सेयर किनबेच भएको छ ।

 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से १०.८३ अंकले घटेर २९२०.५२ विन्दुमा आइपुगेको छ । आज २३२ कम्पनीको ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढेको छ भने फाइनान्स समूह २.७७ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २३२ कम्पनीमध्ये ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ३२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर १९ करोड र एनआइसी एशिया साढे १७ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङखोला र बुद्धभूमि नेपालका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज सामलिङ पावरका सेयरधनीले सबैभन्दा धेरै ६.६९ प्रतिशत गुमाएका छन् । त्यसैगरी, गोर्खा फाइनान्स ५.५२, बेस्ट फाइनान्स ४.२६, प्रभु बैंक ४.११, सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर, आइसीएफसी फाइनान्स, मञ्जुश्री फाइनान्स, रुरु जलविद्युत्, कुमारी बैंक, सिनर्जी पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास, आगामी जेठसम्म बनिसक्ने Read Previous

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास, आगामी जेठसम्म बनिसक्ने

अघि बढ्दै काठमाडौं-रक्सौल रेलमार्ग, फाइनल सर्भेका लागि जनशक्ति परिचालन Read Next

अघि बढ्दै काठमाडौं-रक्सौल रेलमार्ग, फाइनल सर्भेका लागि जनशक्ति परिचालन