चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास, आगामी जेठसम्म बनिसक्ने

काठमाडौं । काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक १ करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे।

 

कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताए । ‘स्थानीय बासिन्दाको मागअनुसार नै पुल शिलान्यास गरेका हौँ, स्थानीयको साथ र सहयोग रहेमा तोकिएको समयभन्दा अगावै पुल निर्माण गरिसक्छौँ,’ उनले भने।

 

चावहिल चोकको दक्षिणतर्फ बनाइएको पुलले ट्राफिक जाममा सहज बनाएकाले उत्तरतर्फको भागमा पनि पुल निर्माण गर्न लागिएको उनको भनाइ छ । यस्तै महानगरपालिकाकै लगानीमा जयवागेश्वरी क्षेत्रमा समेत पुल निर्माण भइरहेको छ । चावहिल र गौशाला क्षेत्रमा चार पुल बनाइए पनि सडक दुर्घटना र ट्राफिक जाममा कमी आउने नगरप्रमुख शाक्यले बताए ।

 

सविरा कन्स्ट्रक्सनले निर्माण गर्न लागेको उक्त पुल विसं २०७९ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइका हुनेछन् ।

चम्किँदै उदयपुर सिमेन्ट, उत्पादन र विक्री लक्ष्यभन्दा धेरै Read Previous

चम्किँदै उदयपुर सिमेन्ट, उत्पादन र विक्री लक्ष्यभन्दा धेरै

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी