शिखर इन्स्योरेन्सको सेयरमा किन झुम्मिए लगानीकर्ता ?

काठमाडौं । शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुको लिडर समेत रहेको शिखरको सेयरमा केही दिन यता उच्च आकर्षण देखिएको हो ।

 

पछिल्लो दुई करोबार दिनमा शिखरको सेयर मूल्य उच्च अंकले बढेको छ । दुई दिनमै शिखरको सेयर मूल्य प्रतिकत्ता १६० रुपैयाँभन्दा धेरैले बढिसकेको छ । बुधबारसम्म १९०० हाराहारीम रहेको शिखरको सेयर मूल्य आज (११ः३० बजेसम्म) २१०० नजिक पुगेको छ ।

 

शिखरले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएसँगै लगानीकर्ता यसको सेयरमा झुम्मिएका हुन् ।

 

शिखरले प्रतिकित्ता १०० रुपैयाँ दरले ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्न गतसाता अनुमति पाएको हो ।

 

साथै, विगतका वर्षहरुमा आकर्षक लाभांश दिँदै आएको इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट पनि राम्रो लाभांश दिने आशमा लगानीकर्ता झुम्मिएको अनुमान छ ।

गफ गर्ने थलोबाट ब्राण्ड बनेको 'चिया घर', जहाँ पाइन्छ ३० स्वादका चिया Read Previous

गफ गर्ने थलोबाट ब्राण्ड बनेको 'चिया घर', जहाँ पाइन्छ ३० स्वादका चिया

ज्योति लाइफको लाभांश संशोधन, बोनस सेयर बढ्यो, नगद घट्यो Read Next

ज्योति लाइफको लाभांश संशोधन, बोनस सेयर बढ्यो, नगद घट्यो