ज्योति लाइफको लाभांश संशोधन, बोनस सेयर बढ्यो, नगद घट्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन अनुसार यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।

 

कम्पनीले संशोधन गरेको लाभांश अनुसार बोनस बढेको छ भने नगद घटेको छ । ज्योतिले यसअघि ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद दिने घोषणा गरेको थियो । अहिले संशोधन गरेर १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नदग दिने प्रस्ताव गरेको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

शिखर इन्स्योरेन्सको सेयरमा किन झुम्मिए लगानीकर्ता ? Read Previous

शिखर इन्स्योरेन्सको सेयरमा किन झुम्मिए लगानीकर्ता ?

६ महिनामा ऊर्जा क्षेत्रमा फड्को : ४५६ मेगावाटको तामाकोशी सम्पन्न, भारतमा बिजुली निर्यात Read Next

६ महिनामा ऊर्जा क्षेत्रमा फड्को : ४५६ मेगावाटको तामाकोशी सम्पन्न, भारतमा बिजुली निर्यात