दुई सातामै ९० हजार लाइसेन्स प्रिन्ट, तत्काल नपाउनेलाई परीक्षणकालीन कार्डको व्यवस्था

काठमाडौं । यातायात व्यवस्थापन विभागले दुई सातामै करिब ९० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गरेको छ । पुस १६ गतेदेखि लाइसेन्स प्रिन्ट गर्न सुरू गरेको विभागले माघ ३ गतेसम्म (बिदाको दिन बाहेक १६ दिनमा) उक्त लाइसेन्स छापेको हो ।

 

विभागका सूचना अधिकारी लोकानाथ भुषालले अहिले दैनिक ६ हजार हाराहारीमा लाइसेन्स प्रिन्ट भइरहेको बताए । विभागमा पुराना प्रिन्ट गर्न बाँकी लाइसेन्ट ७ लाखका हाराहारीमा रहेको थियो । सो मध्ये विभागले झण्डै ९० हजार हाराहारी लाइसेन्स प्रिन्ट गरिसकेकाअब ६ लाख १० हजार हाराहारीमा पुराना लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको उनले बताए ।

 

उपत्यका भित्रका लाइसेन्सलाई उच्च प्राथमिक्तामा राखि लाइसेन्स प्रिन्ट भइरहेको भुषालले बताए । ‘लाइसेन्स धमाधम प्रिन्ट भइरहेका छन्, दिनमा ६ हजार लाइसेन्स प्रिन्ट भइरहेका छन्,’ उनले भने ।

 

उनले पुराना लाइसेन्स पूरै प्रिन्ट हुन अझै ४ महिना हाराहारी लाग्ने बताए । आउँदो चैत्र महिनासम्ममा पुराना लाइसेन्स प्रिन्ट गरिसक्ने अनुमान रहेको छ ।

 

यस्तै, कम्प्युटर इन्जिनीयर सुरज प्रकाश अर्यालले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ४६ हजार हारहारीमा आवेदन आएको बताए । सोमध्ये ५ लाख ७ हजार ७६ नयाँ आवेदन लाइनमा रहेको उनले बताए ।

 

नयाँ लाइसेन्स कार्ड प्रिन्ट गर्न अझै ४ लाख हारहारी बाँकी रहेका छन् । ‘नयाँ आवेदन अएका मध्ये ५ लाख ४६ हजार लाइनमा अझै बाँकी छन्, पास भएका बसेका ४ लाखको लाइसेन्स प्रिन्ट हुन बाँकी छैन,’ अर्यालले भने ‘१४ लाख कार्ड आइसकेको छ, पुरानो सकिए लगतै फेरि थप कार्ड आयातका लागि प्रोसोस चाल्ने छौँ ।’

 

तत्काल लाइसेन्स नपाउनेका लागि परीक्षणकालीन लाइसेन्स दिइने

 

यस्तै, विभागले हाल तत्काल लाइसेन्स नपाउनेहरुका लागि परीक्षणकालीन लाइसेन्स दिन थालेको छ । ट्रायल दिएर पास भए लगत्तै पाउने गरी नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि परीक्षणकालीन लाइसेन्स प्रयोगमा ल्याएको हो ।

 

स्मार्ट लाइसेन्स छपाइमा ढिलाइ भएका कारण सवारीचालक अनुमति पत्र लिन सेवाग्राही वर्षदिन कुुर्नुपर्ने बाध्यता रहेकोे छ । त्यसको विकल्पको रूपमा विभागले अस्थायीरूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको हो ।

 

विभागले भदौदेखि ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएकाहरूलाई क्यूआर कोडसहितको एउटै किसिमको पीभीसी कार्ड प्रयोगमा ल्याएको हो ।

 

ट्राफिकले क्यूआर कोडका आधारमा चालकको लाइसेन्स जाँच गर्ने विभागले जानकारी दिएको छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउन सक्नेछन् ।

 

नेपालमै पहिलोपटक 'मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स'को पढाइ सुरू, कति लाग्छ खर्च Read Previous

नेपालमै पहिलोपटक 'मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स'को पढाइ सुरू, कति लाग्छ खर्च

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन Read Next

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन