नेपालमै पहिलोपटक ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’को पढाइ सुरू, कति लाग्छ खर्च

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ ।

 

ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने व्यापार–अर्थशास्त्रका विज्ञ उत्पादन गर्न उक्त कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिए।

 

नेपालमा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उनले विश्वका अन्य मुलुकमा पनि उक्त कार्यक्रम सञ्चालन भइरहेको तथा तीमध्ये प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय, लण्डन विश्वविद्यालय र दिल्ली विश्वविद्यालयमा अध्यापन भइरहेको जानकारी दिए ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था, उद्योग–व्यवसाय तथा व्यापारिक निर्णयका लागि विश्लेषणात्मक क्षमतायुक्त जनशक्ति उत्पादनको लक्ष्यका साथ उक्त कार्यक्रम सुरु गरिएको उनले बताए ।

 

कूल ६६ क्रेडिटको दुईवर्ष अवधिको उक्त कार्यक्रम चार सेमेष्टरको हुने तथा अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इञ्जिनियरिङ सङ्कायमा स्नातक तहमा ५० प्रतिशत वा २ जीपीएसहित उत्तीर्ण विद्यार्थी भर्नाका लागि योग्य हुने विडारीले जानकारी दिए । उक्त कार्यक्रम पूरा गर्न ५ लाख ५० हजार लाग्नेछ ।

अब मास्क नलगाइ सार्वजनिक गाडी चढ्न नपाइने, यस्तो छ आजदेखि लागू हुने २७ बुँदे आदेश Read Previous

अब मास्क नलगाइ सार्वजनिक गाडी चढ्न नपाइने, यस्तो छ आजदेखि लागू हुने २७ बुँदे आदेश

दुई सातामै ९० हजार लाइसेन्स प्रिन्ट, तत्काल नपाउनेलाई परीक्षणकालीन कार्डको व्यवस्था Read Next

दुई सातामै ९० हजार लाइसेन्स प्रिन्ट, तत्काल नपाउनेलाई परीक्षणकालीन कार्डको व्यवस्था