अब मास्क नलगाइ सार्वजनिक गाडी चढ्न नपाइने, यस्तो छ आजदेखि लागू हुने २७ बुँदे आदेश

काठमाडौं । काठमाडौं उपत्यका भित्र सार्वजनिक गाडी चढ्दा मास्क अनिवार्य गरिएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएसँगै रोकथामका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

 

उक्त बैठकले आजदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ ।

 

डान्सबार, सिनेमा हल, रोधीघर, फुटसल, पटके हाटबजार लगायत मानिस भीडभाड हुने क्षेत्र पनि माघ १५ गतेसम्म बन्द गर्ने आदेशमा उल्लेख छ ।

 

यस्तै, माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनै पर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउने उल्लेख छ ।

 

 

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

नेपालमै पहिलोपटक 'मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स'को पढाइ सुरू, कति लाग्छ खर्च Read Next

नेपालमै पहिलोपटक 'मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स'को पढाइ सुरू, कति लाग्छ खर्च