काठमाडौं। निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले दशैं र तिहारको उपलक्ष्यमा नयाँ अफर ल्याएको छ ।
कम्पनीले २५ हजार ९९० रुपैयाँमा ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र १ वर्ष निशुल्क नेट टीभी सेवा पाउने अफर ल्याएको छ।
यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ। यसको अतिरिक्त वर्ल्ड लिंकले ग्राहक वर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ।
सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने छन्।