काठमाडौं । यस वर्ष दशैंको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेट टीका लगाउनको लागि सबैभन्दा उत्तम समय हो।
घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय नै उत्तम रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।