काठमाडौं । कामना सेवा विकास बैंकको खुद मुनाफामा गिरावट आएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ११.८९ प्रतिशतले घटेको छ ।
बैंकले चालू आवको पुस मसान्तसम्ममा ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकले ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
३ अर्ब १४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा ९४ करोड १० लाख रुपैयाँ र रिटेन अर्निङमा ९ करोड ६७ लाख रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्म बैंकले ४७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद नाफ घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २९.४२ रुपैयाँबाट घटेर २१.८७ रुपैयाँमा आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७४ गुणा, खराब कर्जा १.७७ प्रतिशत, आधार दर ९.२७ प्रतिशत र स्प्रेडदर ४.१२ प्रतिशत छ ।