काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (माघ ५ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
प्रिमियरले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले माघ २१ गते २८ औं वार्षिक साधरण सभा बोलाएको छ ।
प्रस्तावित लाभांश कम्पनीले साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।