मध्य भोटेकोशीको सेयर मूल्यमा लगातार १६ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?

काठमाडौं । मध्य धोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा लगातार १६ औं दिन पोजेटिभ सर्किट लागेको छ । पुस ११ गतेदेखि कारोबारमा आएको कम्पनीको त्यसयता सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।

 

१०० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १६ कारोबार दिनमा साढे चार गुणाले बढेर ५४८.८ रुपैयाँ पुगेको छ । १६ दिनमै भोटेकोशीको सेयर भाउ प्रतिकित्ता ३५८.८ रुपैयाँ बढेको छ ।

 

कारोबारमा आएको तीन सातामा पनि कम्पनीको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । यद्यपि, आज भने सप्लाई आएको छ । अघिल्ला १५ कारोबार दिनमा जम्मा २० हजार कित्ता कारोबार भएकोमा आज (१ः३० बजेसम्म) एकैदिन २ लाख ३० हजार बढी कित्ता किनबेच भइसकेको छ ।

 

धनाढ्यलाई कोरोनाकाल फाप्दै, विश्वका शीर्ष १० धनी व्यक्तिको सम्पत्ति दोबरले वृद्धि Read Previous

धनाढ्यलाई कोरोनाकाल फाप्दै, विश्वका शीर्ष १० धनी व्यक्तिको सम्पत्ति दोबरले वृद्धि

बैंकबाट ऋण नपाउँदा पनि बढ्यो घरजग्गा किनबेच, रोजाइमा यी १० ठाउँ Read Next

बैंकबाट ऋण नपाउँदा पनि बढ्यो घरजग्गा किनबेच, रोजाइमा यी १० ठाउँ