एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । एभरेष्ट बैंकले आज (माघ ३ गते) देखि ८.५ प्रतिशत ब्याजदरको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८६’ विक्रीमा ल्याएकोे छ ।

 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँदरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । सोमध्ये १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी ८ लाख सर्वसाधरणलाई छुट्याइएको छ । सर्वसाधारणका लागि विक्री गरिने  ८ लाख कित्तामध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

 

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

 

यो ऋणपत्रमा छिटोमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

 

बैंकको यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डलब ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित मानिन्छ।

ओमिक्रोन रोकथामका लागि सरकारको ३६ बुँदे आदेश, के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ) Read Previous

ओमिक्रोन रोकथामका लागि सरकारको ३६ बुँदे आदेश, के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)

काठमाडौंमै ५ हजार घरलाई पुग्ने ग्यास, उत्खनन नगर्दा जाँदैछ खेर Read Next

काठमाडौंमै ५ हजार घरलाई पुग्ने ग्यास, उत्खनन नगर्दा जाँदैछ खेर