ओमिक्रोन रोकथामका लागि सरकारको ३६ बुँदे आदेश, के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)

काठमाडौं । सरकारले तीव्र गतिमा फैलिरहेको कोरोना (ओमिक्रोन) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गरेको छ ।

 

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो ।

 

सो आदेश अनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिसभेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

 

त्यस्तै, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित हुन रोक लगाएको छ । पार्टी प्यालेसहरु कुल क्षमताको एकतिहाई मात्र चलाउनुपर्ने छ भने एकपटकमा ५० जनाभन्दा बढी भीड हुन पाइने छैन । साथै, विवाह, व्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर गर्नुपर्नेछ ।

 

यस्तै सरकारले माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ। सरकारले गरेका यी निर्णयहरु आइतबारबाटै लागू हुनेछ।

 

त्यस्तै, विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टरलगायतका अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ ।

 

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने विषय आदेशमा उल्लेख छ ।

 

बुद्धभूमि नेपालको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

बुद्धभूमि नेपालको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्यो, कति कित्ता भर्ने ? Read Next

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्यो, कति कित्ता भर्ने ?