बुद्धभूमि नेपालको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको प्राथमिक साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

आइतबार कम्पनीको ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको ८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ४ लाख कित्ता र संस्थापकहरुको २८ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि बुद्धभूमिको सेयर दोस्रो बजारमा कारोबारमा आउने भएको छ । यद्यपि, प्रिसेसनमा कम्पनीको सेयर कारोबार नभएमा सो दिन कारोबार हुने छैन् ।

 

कम्पनीले दोस्रो बजारमा कारोबारका लागि नेप्सेले BNHC संकेत चिह्न प्रदान गरेको छ । बुद्धभूमिले पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८४.०५ रुपैयाँदेखि अधिकतममा २५२.१५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही सीमा भित्र रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

फक्सवागनको टप क्लास फ्ल्यागसिप मोडल नयाँ 'ट्वारेग आर' नेपाली बजारमा Read Previous

फक्सवागनको टप क्लास फ्ल्यागसिप मोडल नयाँ 'ट्वारेग आर' नेपाली बजारमा

ओमिक्रोन रोकथामका लागि सरकारको ३६ बुँदे आदेश, के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ) Read Next

ओमिक्रोन रोकथामका लागि सरकारको ३६ बुँदे आदेश, के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)