सपिङ मलमा एकपटकमा २५ जनाले मात्र प्रवेश पाउने, सिनेमा हल बन्द हुने

काठमाडौं । सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टोरमा २५ जनाभन्दा बढी उपस्थित हुन रोक लगाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढेको भन्दै यस्तो निर्णय गरेको हो ।

 

नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ ।

 

साथै पार्टी प्यालेसहरु कुल क्षमताको एकतिहाई मात्र चलाउनुपर्ने छ भने एकपटकमा ५० जनाभन्दा बढी भीड हुन पाइने छैन । साथै, विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर गर्नुपर्नेछ ।

 

यस्तै सरकारले माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ। सरकारले गरेका यी निर्णयहरु आइतबारबाटै लागू हुनेछ।

सिभिल बैंकको साधरण सभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित Read Previous

सिभिल बैंकको साधरण सभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित

फक्सवागनको टप क्लास फ्ल्यागसिप मोडल नयाँ 'ट्वारेग आर' नेपाली बजारमा Read Next

फक्सवागनको टप क्लास फ्ल्यागसिप मोडल नयाँ 'ट्वारेग आर' नेपाली बजारमा