इलाम । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ ।
पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उनले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराएका हुन् ।
शुक्रबार हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका कोइराला, बुढाथोकी र नेपालीले मात्र उडान गरेका थिए । “पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भनेर परीक्षण उडान गर्यौँ सफल भयौँ, अब एक महिनाभित्रैमा व्यावसायिकरूपमा काम गर्छौँ ।” उनले यस क्षेत्रका व्यवसायीलाई समेत तयार रहन आग्रह गरे।
उनले प्याराग्लाइडिङबाट झापाका विभिन्न स्थान, भारतको मिरिक, खर्साङ, दार्जिलिङलगायतका स्थान देखिएको बताए । उनले सरकारले तराईका जिल्लामा भ्यूटावर बनाउन लाखौँ खर्च गरिरहेका बेला प्रकृतिले दिएको सुन्दर स्थानलाई सजाएर पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको बताए ।
झण्डीडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ झापाको मेचीनगर नगरपालिका–१ स्थित तिरिङखोलाको बगर र सोही वडामा रहेको बाल विकास आधारभूत विद्यालयको प्राङ्गणमा अवतरण गरिने व्यवस्था मिलाइएको छ ।
मेची राजमार्गको हाँसपोखरीबाट कर्साङ पदमार्ग हुँदै झण्डीडाँडा थाकेर पुगेका पर्यटकका लागि आकाशमा डुल्दै पर्यटकीय स्थानको दृश्यावलोकनले थकान मेट्न प्याराग्लाइडिङ सहयोगी हुने उनको भनाइ छ । यहाँबाट सूर्योदयको दृश्वालोकनसमेत गर्न सकिन्छ । जसका लागि दैनिकजसो पर्यटक आउन थालेका छन् ।